Rule 7
लेवलको स्वीकृति

(१) उत्पादक वा वितरकले कुनै उत्पादन विक्री गर्नु अघि त्यस्तो उत्पादनको लेवल स्वीकृतिको लागि अनुसूची–५ बमोजिमको ढाँचाको निवेदनसाथ समिति समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन परेमा समितिले सम्बन्धित लेवलमा ऐनको दफा ११ को उपदफा (६) बमोजिम उल्लेख हुनु पर्ने सबै कुराहरू उल्लेख भएको देखिएमा त्यस्तो निवेदन परेको मितिले तीस दिनभित्र लेवलको स्वीकृति दिनु पर्नेछ ।